पर्यटन बोर्डको सीईओ छनोट प्रक्रिया कानूनसंगत नरहेको भन्दै तत्काल रोक्न सचिवलाई ज्ञापनपत्र



काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रिया कानूनसम्मत नभएको र पदपूर्ति सिफारिश कार्यविधिसमेत अपुरो रहेको भन्दै कर्मचारीले तत्काल रोक्न माग गरेका छन् ।

नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनले बिहीबार बोर्ड अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. दीपक काफ्लेलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउँदै बोर्डको सीईओ छनोट विधिसम्मत नभएको भन्दै ध्यानाकर्षण समेत गराए ।

बोर्ड कर्मचारी युनियले सीईओ छनोट प्रक्रियाले पालना गर्नुपर्ने प्रावधान पालना नगरेको भन्दै पर्यटन सचिवलाई ज्ञापनपत्र बुझाएका हुन् ।

बोर्ड कर्मचारीले कानूनसम्वत सीईओ छनोट प्रक्रिया अगाडि बढाउन पनि माग गरेका छन् । बोर्ड कर्मचारी युनियनका अध्यक्ष कुन्दन शर्मा मिश्रले उक्त ज्ञापनपत्र विहीबारै पर्यटन सचिवलाई बुझाएका छन् ।


क्लिकमान्डु