नक्कली धितो खाता खडा गरेर ऋण दिएको हो, मैले लिएको छैनः रवि लामिछाने



काठमाडौं । मिडियाहरुले नक्कली धितो खाता खडा गरेर ऋण दिएकोमा विषयमा समाचार बनाएर मिडियाहरुले फरक तरकारी पस्किएको जस्तो व्यवहार मात्रै गरेको गृहमन्त्री रवि लामिछानेले बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका ‘छन् आलु काउलीू खाँदा खाँदा वाक्क लाग्याथ्यो। आजूकाउली आलु आएछ। फरक त्यत्ति हाे ।

‘रवि लामिछानेको नाममा नक्कली धितो ऋण खाता खडा गरेर ऋण प्रवाह भएको देखाइएको हो ऋण लिएको होइन, मेरो ब्यतिगत खातामा सहकारीको पैसा आएको लिएको गएको केही होइन,’ उनले भने ।

लामिछाने लेखेका छन्, ‘अनुसन्धानले देखाए अनुसार उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फाराम केवाईसी फर्म, तिनपुस्ते विवरण लगायतका कुनै विवरण छैन। ल्याप्चे, हस्ताक्षर समेत छैन। अर्थात मैले ऋण लिएको छैन। मेरो नाम लेखिएको मात्रै छ। रकम जम्मा गर्नेले स्पष्ट भनेकी छिन कि कसैले नाम लेखिदिनु भनेको भरमा रबि लामिछानेको नाम लेखिदिएको मात्रै हो ।’
के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ? उनले प्रश्न गरेका छन । के अभियोगपत्रमा मैले गैरकानुनी ऋण लिएको भन्ने पुष्टी भएको छ र ? अभियोगपत्रमा गोरखा मिडिया नेटवर्क प्रालिमा तत्कालिन समयमा शेयरधनी रहेको वाहेक रवि लामिछाने भन्ने व्यक्तिले सुप्रिम सहकारी ठगी गरेको भन्ने कुनै प्रमाण कागजातहरूबाट पुष्टी भएको कतै केही छ? जीबी राई ले ल्याएको लगानीको आम्दानीको श्रोत हेर्ने अधिकारी थिए कि, ऋण माग कर्ता थिए कि, ऋण दिने सहकारीको आधिकारिक ब्यक्ति थिएरु कि म दुई चार करोड ठग ठाग गरेर जीवन धान्न पर्ने हैसियतहिन मान्छे हुँ र? उनले भनेका छन् ।

अभियोग पत्रले त स्पष्ट पारेको रहेछ त, कि कान्तिपुरले छुट्टै अभियोग पत्र प्राप्त गर्योरु अदालतमा अभियोगपत्र दायर भएको मुद्दामा सहकारी संचालनमा महत्वपूर्ण जिम्मेवारीमा रहेका २८ जना प्रतिवादीहरूले के कति रकम कुन प्रतिवादीले ठगी गरी हिनामिना गरेको भनी विगो दावी सहित प्रतिवादी कायम भइसकेकोले फेक ऋणी खडा गरिएको व्यक्तिलाई वयान लिने, मुद्दा दायर गर्ने, प्रतिवादी कायम गर्ने कार्य आफै कानून विपरीत होइन ? प्रमाण चाहिन्न ? कि कान्तिपुर हेडलाईन नै सारा प्रमाण हुन् ? नाम लेख्दै ऋण लिदै तिर्दै गरेका कयौं मान्छे मध्य म पनि एक रहेछु। कान्तिपुर कै एक कर्मचारी पनि रैछन। अनि गैरकानुनी ऋण प्रवाहमा मेरो कसरी संलग्नता हुन्छ ? ‘

‘म सहकारी ठगी कार्यमा कही कतैबाट नजोडिएको र नदेखिएको प्रमाण सहितको तथ्य पुष्टी हुदाँहुदै प्रहरीको अनुसन्धान र अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने कार्यमा नलाग्न सबैलाई अनुरोध गर्दछु।

फौजदारी न्यायको सिद्दान्तले प्रमाण र कानुनको आधारमा दोषी प्रमाणित गर्नु पर्छ भन्छ। प्रमाणको अभावमा कानून विपरीत मलाई वलजफ्ति प्रतिवादी कायम गराउन विशेष गरि कान्तिपुर किन उत्प्रेरित गरिरहेको छ र? यसको जवाफ मै खोज्छु,छिट्टै खोज्छु। थोरै धैर्य गर्नु होला। मैले आज सम्म आफ्ना शुभ चिन्तकहरुलाई निराश बनाएको छैन। भोलि आलु काउली कि काउली आलु ? कि मिक्स ?’


क्लिकमान्डु