चैतमा साढे ४९ हजार घरजग्गा किनबेच, साढे ४ अर्ब राजस्व संकलन



काठमाडौं । चैत महिनामा देशभरका मालपोत कार्यालयबाट साढे ४९ हजार घरजग्गा किनबेच भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार चैत महिनामा ४९ हजार ६ सय १२ वटा घरजग्गा किनबेच भएको देखाउँछ ।

चैत महिनामा ४९ हजार घरजग्गा लिखित पारित हुँदा ३८ हजार ७ सय ४० वटा घरजग्गाको रोक्का र २९ हजार १ सय ५२ वटा घरजग्गाको फुकुवा भएको छ । साथै सो अवधिमा १७ वटा अपार्टमेन्टको लिखित पारित भएको छ ।

विभागअनुसार साउनमा ३९ हजार २६३ वटा घरजग्गा किनबेच भएको थियो । त्यसैगरी भदौमा भदौमा ३५ हजार ६८६ वटा, असोजमा ३९ हजार ८८१ वटा र कार्तिकमा २६ हजार ४६ वटा घरजग्गा किनबेच भएको थियो ।

मंसिरमा ४१ हजार ८५१ वटा, पुसमा ४५ हजार २७५ वटा, माघमा ५० हजार ९२१ वटा र फागुनमा ५० हजार ९९८ वटा घरजग्गा किबनेच भएको थियो । चैतमा फागुनको तुलनामा करिब एक हजार कम घरजग्गा किनबेच भएको छ ।

चैत महिनामा सबैभन्दा बढी इनरुवा सुनसरी मालपोत कार्यालयबाट सबैभन्दा बढी घरजग्गा किनबेच भएको छ । उक्त कार्यालयबाट चैतमा २ हजार ८२ वटा घरजग्गा किनबेच भएको छ ।

विभागको तथ्याङ्कमा भद्रपुर झापा मालपोत कार्यालयबाट १८ सय ३५ वटा, जनकपुरधाम धनुषाबाट १८ सय २३ वटा, बेलबारी मोरङबाट १७ सय ९९ वटा, राजविराज सप्तरीबाट १३ सय २ वटा, मलंगवा सर्लाहीबाट ११ सय ८२ वटा र सिराहा कार्यालयबाट १ हजार ९८ वटा घरजग्गा किनबेच भएको तथ्याङ्कमा उल्लेख छ ।

साढे ४ अर्ब राजस्व संकलन

चैत महिनामा साढे ४९ हजार घरजग्गा किनबेच हुँदा साढे ४ अर्ब राजस्व संकलन गरेको छ । विभागअनुसार चैतमा ४ अर्ब ३१ करोड २३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

चैतमा सेवाकरवापत ३१ करोड ५२ लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुरबापत २ अर्ब ४९ करोड १७ लाख रुपैयाँ र पूँजीगत लाभकरवापत १ अर्ब ४६ करोड ९१ लाख रुपैयाँसहित अन्य विभिन्न सेवा प्रवाहबाट राजस्व संकलन गरेको विभागले जनाएको छ।

राजस्व संकलन गर्ने मालपोत कार्यालयमा सबैभन्दा अगाडि लगनखेल रहेको छ । चैतमा उक्त मालपोतबाट ४२ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

त्यसैगरी भक्तपुरबाट २९ करोड ८२ लाख रुपैयाँ, कलंकीबाट २७ करोड ८६ लाख रुपैयाँ, डिल्लीबजार कार्यालयबाट २६ करोड ९६ लाख रुपैयाँ, चावहिलबाट २५ करोड ६६ लाख रुपैयाँ र चितवनबाट १४ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।


क्लिकमान्डु