यी हुन् सगरमाथा लुम्बिनी इन्स्योरेन्सका ठूला सेयरधनी, सबैभन्दा बढी स्वामित्व श्रीलंकन बिमा कम्पनीको



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्समा विभिन्न १७ व्यक्ति तथा कम्पनी ठूला सेयरधनी रहेका छन् ।

इन्स्योरेन्समा बैंक तथा वित्तिय सस्था, निजी कम्पनी, विभिन्न व्यक्ति ठूला सेयरधनी रहेका छन् । सबैभन्दा बढी सेयर स्वामित्व सिलिकन इन्स्योरेन्स पीएलसी श्रीलकांको रहेको छ ।

कम्पनीमा सिलिकनको २९ लाख ९७ हजार ४५८ कित्ता अर्थात ११.४३ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै इन्स्योरेन्समा लुम्बिनी विकास बैंकको ११ लाख ७ हजार ९७५ कित्ता, मनोहरदास मोलको १० लाख ८४ हजार ७४८ कित्ता सेयर स्वामित्व रहेको छ । उनी कम्पनीका अध्यक्ष पनि हुन् ।

इन्स्योरेन्समा साल्ट ट्रेडिङ कर्पोरेशनको ९ लाख १० हजार ९८९ कित्ता, सनराइज बैंकको ८ लाख ६४ हजार २९६ कित्ता, दिव्यमणी राजभन्डारीको ७ लाख ९० हजार ३१४ कित्ता, ओभरसिस ट्रेडिङ कम्पनी प्रालीको ४ लाख ७ हजार ९३६ कित्ता, सुरज बैधको ४ लाख ७७६ कित्ता, शंकर घिमिरेको ३ लाख ८१ हजार ६०६ कित्ता, नरेन्द्र कुमार अग्रवालको ३ लाख ७४ हजार ७२६ कित्ता, अशोक कुमार तोदीको ३ लाख ७४ हजार ६७१ कित्ता, चिन्तामणी भट्टराई ३ लाख ५० हजार १९९ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै हिमाल एण्ड कम्पनीको २ लाख ९३ हजार ८६३ कित्ता भाजुरनाथ एण्ड कम्पनीको २ लाख ९३ हजार ८६३ कित्ता, ज्योती एण्ड कम्पनीको २ लाख ९३ हजार ८६३ कित्ता, राम कृष्ण मानन्धरको २ लाख ९३ हजार ८६२ कित्ता र अर्जुन कुमार श्रेष्ठको २ लाख ६६ हजार ७६ कित्ता सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु