चार वाणिज्य बैंकसहित यी हुन् सानिमा जिआईसी इन्स्योरेन्सका ठूला २० सेयरधनी



काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको ठूला सेयरधनीमा २० व्यक्ति तथा कम्पनी रहेका छन् ।

इन्स्योरेन्समा चार वटा वाणिज्य बैंक, विभिन्न बैंक तथा वित्तिय संस्था र व्यक्तिको धेरै सेयर स्वामित्व रहेको छ ।

इन्स्योरेन्समा सानिमा प्रालिको ११ लाख कित्ता, सानिमा बैंकको १० लाख कित्ता, जिवनाथ लामिछानेको ९ लाख ५० हजार कित्ता, विनय कुमार श्रेष्ठको ८ लाख २० हजार कित्ता, मोती लाल दुगडको ७ लाख कित्ता सेयर स्वामित्त रहेको छ । यस्तै खेमराज लामिछानेको ४ लाख ६५ हजार कित्ता, सम्बा लामाको ४ लाख, सोनाम ग्याट्सोको ३ लाख, घनश्याम थापाको ३ लाख, विवेक दुगडको ३ लाख, तेन्जीङ योङदु नेपालीको २ लाख कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै सांग्रिला डेभलपमेन्ट बैंकको ३ लाख, बबिता कुमारी अग्रवालको ६ लाख ३५ हजार, ग्लोबल आइएमई बैंकको २ लाख, कुमारी बैंकको ५ लाख, तत्कालिन मेगा बैंकको ५ लाख, गोर्खाज फाइनान्सको ३ लाख, नामखाङ लामाको १ लाख भुवन कुमार दहालको १ लाख र मालचन्द्र दुगडको १ लाख ५० हजार कित्ता सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु