प्रभु इन्स्योरेन्सको लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने ?



काठमाडौं । प्रभु इन्स्योरेन्सले वार्षिक साधारणसभा बोलाएको छ । सभा बैशाख २० गते हुनेछ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले सभामा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पेश गर्ने भएको छ । चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउन हकप्रद सेयर ल्याउन लागेको जनाइएको छ ।

साधारण सभा प्रयोजनका लागि वैशाख ७ गते बुक क्लोज हुनेछ । वैशाख ६ गतेसम्म कायम रहने सेयरधनी लाभांश पाउनेछन् ।


क्लिकमान्डु