२७ र २२ वर्षीया दिदीबहिनी घरको धुरीमा झुण्डिएको अवस्थामा मृत फेला



धनगढी । कैलालीको घोडाघोडीमा दिदीबहिनी मृत अवस्थामा भेटिएका छन् ।

घोडाघोडी नगरपालिका-१० थेबरका कलेशु चौधरीकी दुई छोरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरु घरको धुरीमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । कलेशु चौधरीका दुई छोरीहरु २७ वर्षीया श्रीमालु र २२ वर्षीया इन्द्रा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत फेला परेका हुन् ।

प्रारभ्मिक अनुसन्धानका क्रममा एक जनाले मुटु रोगको र अर्कोले डिप्रेसनको औषधि खाइरहेको पाइएको प्रहरीले जनाएको ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु