उड्न ठिक्क परेको समिट जहाजबाट इन्धन चुहिएपछि ग्राउण्डेड




काठमाडौं । उड्न ठिक्क परेको जहाजबाट इन्धन चुहिएपछि ग्राउण्डेड गरिएको छ । धनगढीबाट बझाङका लागि उड्न तयारी अवस्थामा रहेको समिट एयरको जहाजको दुवैतिरको पंखा नजिकबाट इन्धन चुहिएको देखिएपछि इन्जिन बन्द गरेर जहाजलाई ग्राउन्डेड गरिएको हो धनगढी विमानस्थल कार्यालयले जानकारी दिएको छ

जहाजमा इन्धन चुहिएको यात्रुले नै देखेपछि एयर होस्टेसलाई जानकारी गराएका थिए । एयर होस्टेजले चालक इन्धन चुहिएको खबर गरेपछि उक्त जहाज ग्राउन्डेड गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

जहाजलाई ग्राउन्डेड गरिएपछि विमानस्थलमा अग्नी नियन्त्रकको टोलीले जहाजको निरीक्षण समेत गरेको छ । उक्त जहाजलाई काठमाडौांबाट गएको एक प्राविधिक टोलिले निरीक्षण गरेपछि मात्रै समस्या एकीन हुने र आवश्यक मर्मतपछि मात्रै उडान हुने जानकारी समिट एयरले दिएको छ ।


क्लिकमान्डु