आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त



काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् ।

बीमा क्षेत्रमा करिब १८ वर्ष काम गरेका चैलागाई कम्पनीको चिफ मार्केटिङ अफिसरमा नियुक्त भएका हुन् । उनी यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख व्यापार अधिकृत रहेका थिए ।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनको सानिमा लाईफ इन्स्योरेन्समा पुनर्बीमा विभाग, अनुसन्धान तथा विकास विभाग, बजार व्यवस्थापन विभाग र प्राईम लाइफ इन्स्योरेन्सको प्रदेश प्रमुख, शाखा प्रमुख भएर काम गरेको अनुभव रहेको छ ।


क्लिकमान्डु