पूर्वमन्त्री खान सवार जीप दुर्घटना, ट्रमा सेन्टर ल्याइँदै



काठमाडौं । पूर्वमन्त्री समेत रहेका जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान दुर्घटनामा परेका छन् ।

सोमबार बिहान काठमाडौँबाट बर्दिया जाँदै गरेका खान चढेको जिप धादिङको रोराङ गाउँपालिकास्थित कृष्णभिरमा दुर्घटनामा परेको पार्टी सचिव बिपी शाहले जानकारी दिए।

अर्को जिपलाई जोगाउने क्रममा खान सवार गाडी भित्तामा ठोक्किन पुगेको हो । दुर्घटनामा खानसहित चालक, स्वकीय सचिव र कम्प्युटर अपरेटर घाइते भएका छन् । सांसद खानको देब्रे हात फ्य्राक्चर भएको छ ।

अहिले दुर्घटनास्थलबाट एम्बुलेन्समार्फत काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा आउँदै गरेको खानले जानकारी दिए ।


क्लिकमान्डु