पूर्वमन्त्री महेश बस्नेतविरुद्ध बलात्कार र भ्रुण हत्याको आरोप, प्रहरीमा जाहेरी



काठमाडौं । नेकपा एमालेका नेतासमते रहेका पूर्वउद्योग मन्त्री महेश बस्नेतविरुद्ध बलात्कार आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको छ ।

३१ वर्षीय युवतीले उनलाई भ्रूण हत्या र बलात्कार आरोप लगाउँदै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी हुन् । हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

युवतीले बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाएकी छन् । काठमाडौंको बबरमहलस्थित एक अपार्टमेन्ट र भारतमा बलात्कार भएको जाहेरीमा उल्लेख गरेकी छन् ।

उनले २ महिना १५ दिनको भ्रूण हत्याको आरोप पनि बस्नेतमाथि लगाएकी छन् । औषधी खुवाएर र अप्रेसन गरेर दुई पटक बस्नेतले भ्रूण हत्या गरेको उनको आरोप छ ।

बस्नेको निर्देशनमा दुई जना युवाहरूले आफ्नो अपार्टमेन्टमा आएर कुटपिट गरेको र मोबाइल लगेको उनले जाहेरीमा उल्लेख गरेकी छिन् ।


क्लिकमान्डु