गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले लिए सपथ, दीपक मनाङ्गे पाँचौं पटक बने मन्त्री



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्रीमा खगराज अधिकारीले सपथ लिएका छन् । अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार मुख्यमन्त्रीको पद तथा गोपनियताको सपथ गराएका हुन् ।

त्यस्तै माओवादीका हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनाङेले पनि मन्त्रीको सपथ लिएका छन् ।

चुमान र गुरुङले विनाविभागीय मन्त्रीको सपथ लिएका हुन् । यसअघि नेकपा एस छाडेको घोषणासहित सुरेन्द्र पाण्डे नेतृत्वमा मन्त्री बनेका मनाङे अधिकारीलाई समर्थन जनाउँदै फेरि मन्त्री बनेका हुन् । उनी पाँचौ पटक मन्त्री बनेका हुन् ।

प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई आइतबार नै मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

अधिकारीले आइतबार बिहान मात्रै मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) समेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

सभामुख समेतको समर्थनमा मुख्यमन्त्री बन्नु असंवैधानिक भएको भन्दै कांग्रेस गण्डकी सर्वोच्च जाने तयारीमा छ।


क्लिकमान्डु