सुनको मूल्य वृद्धिमा लाग्यो ब्रेक, १३ सय रुपैयाँले घट्यो



काठमाडौं । निरन्तर बढेर एकपछि अर्को रेकर्ड राखेको सुनको मूल्यमा शुक्रबार ब्रेक लागेको छ ।

बिहीबार मात्रै प्रतितोला १ हजार रुपैयाँले बढेर छापावाला सुनको मूल्य १ लाख ३४ हजार कायम भइ नयाँ इतिहास कायम भएको थियो ।

शुक्रबार प्रतितोला १३ सय रुपैयाँले घटेर सुनको मूल्य वृद्धिमा ब्रेक लागेको हो । शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँ कायम भएको छ । साथै शुक्रबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर १६ सय १५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु