गायक रवि ओडविरुद्ध श्रीमतीले हालिन् बलात्कार मुद्दा, पक्राउ पुर्जी जारी



काठमाडौं । नेपाल आइडल सिजन–२ का बिजेतासमेत रहेका गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
ओडकी श्रीमतीले बलात्कारको जाहेरी दिएपछि पक्राउ पुर्जी जारी भएको हो ।

कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालय झलारीमार्फत ओड पत्नीले केही दिन अघि जाहेरी दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तका अनुसार जाहेरीपछि अदालतबाट ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

ओडको घर कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका गुलरियामा रहेको छ ।


क्लिकमान्डु