वाइडबडी भ्रष्टाचारमा २४ नेपाली मुछिए, को-को परे डेढ अर्बको मुद्दामा ? (पूर्णपाठ)



कामठााडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको वाइडबडी ए ३३० नामक दुईवटा जहाज किन्दा डेढ अर्ब रुपैयाँ भ्रष्चाचार गरेको भन्दै २४ जना नेपालीविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले २४ नेपाली र ८ विदेशी गरि ३२ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

निगमले २४ अर्ब ऋण लिएर जहाज किनेको थियो ।

अख्तियारले जहाज खरिदको निर्णय गर्दा वायुसेवा निगमको तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा रहेका तत्कालीन मन्त्री जीवनबहादुर शाहीसहितका २४ नेपालीलाई प्रतिवादी बनाएको छ ।
शाही कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री हुन् । शाही अहिले कर्णाली प्रदेशको कांग्रेस संसदीय दलका नेता रहेका छन् ।

अख्तियारले तत्कालीन पर्यटन सचिव शंकरप्रसाद अधिकारी, वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारलाईसमेत मुख्य प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । अधिकारीले अवकास पाइसकेका छन् भने कंसाकारको पदावधि सकिइसकेको छ ।

अख्तियारले दायर गरेको मुद्दामा निगम सञ्चालक समितिका तत्कालीन सदस्य तथा भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगाना पनि छन् । ढुंगाना अवकासप्राप्त पूर्वसचिव हुन् ।

निगमले मुद्दा दायर गरेको कर्मचारीमा निगमको तत्कालीन सञ्चालक समिति सदस्य तथा हाल पर्यटन मन्त्रालका सहसचिव बुद्धिसागर लामिछाने पनि छन् । निगम सञ्चालक समितिका तत्कालीन सदस्य टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवनप्रकाश सिटौला, अच्युतराज पहाडीविरुद्ध पनि मुद्दा दायर भएको छ ।

अख्तियारले निगमका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, गणेशबहादुर चन्द, निर्देशक कर्णबहादुर थापा, निमित्त निर्देशक क्याप्टेन सुवास रिजाल, निमित्त निर्देशक प्रभाषकुमार कर्माचार्य, नायब महाप्रबन्धक जनकराज कालाखेतीविरुद्ध मुद्दा दायर गरेको छ ।

मुद्दा दायर निगमका तत्कालीन कर्मचारीलाईसमेत भएको छ । निगमका तत्कालीन निर्देशक रामहरि शर्मा सेढाइँ, निमित्त निर्देशक रवीन्द्रकुमार शेरचन, कामु निर्देशक उपेन्द्र पौडेल, रविन्द्र श्रेष्ठ, निर्देशक श्रवण रिजाल, पारस पौडेल, उमेश पौडेल र बृहतमान तुलाधर छन् ।


क्लिकमान्डु