टिचिङ अस्पतालमा विस्फोट



काठमाडौं । त्रिवि शिक्षण अस्पताल(टिचिङ) मा विष्फोटको आवाज आएको छ ।

बुधबार मध्याह्न अस्पताल परिसरमा विस्फोटको ठूलो आवाज सुनिएपछि अस्पतालमा रहेका मानिसहरुको भीड जम्मा भएको छ ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्लेका अनुसार प्राविधिक समस्यापछि एसीको पाइप पड्किएको उनले बताए ।

कार्डियाक सेन्टरको भवनमा एसीको पाइप पड्किएको र त्यसको प्राविधिक जाँच भइरहेको उनले बताए ।


क्लिकमान्डु