किन पक्राउ परे गायक राजेश पायल राई ?



काठमाडौं । गायक राजेश पायल राईलाई प्रहरीले पक्राउ गरेको छ । होहल्ला गरेर सामाजिक सद्भाव खल्बल्याएको भन्दै गायक राईसहित ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।

गएराति काठमाडौं उपत्यकाभरबाट १७२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुमध्ये धेरैजसोलाई आफन्तको जिम्मा लगाइएको छ ।


क्लिकमान्डु