साझाको पेट्रोल पम्प चौबीसैं घण्टा खुल्ने, मन्त्रीले हाले तेल



काठमाडौं । साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोल पम्पबाट बुधबार ( आज) देखि चौबीसैं घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुवात भएको छ ।

 एक कार्यक्रमबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले २४ सैं घण्टा पेट्रोल वितरणको शुभारम्भ गरेका छन् । उनले एक सवारीमा तेल हालेर सेवाको शुभारम्भ गरे ।

कार्यक्रममा मन्त्री भण्डारीले ‍ साझालाई राज्यले प्राथमिकता नदिँदा पछाडि परेको बताए । नेपाल आयल निगमको धुमलिएको छविलाई सुधार गर्नुपर्नेमा मन्त्री भण्डारीले जोडि दिए ।

उनले निगमको सेवा प्रवाहलाई अझै भरपर्दो बनाउनुपर्नेमा जोड दिँदै सेवा प्रवाह, शुद्धता, चुहावटलगायत सबै कुरामा सुधारको खाचो औँल्याए । मन्त्री भण्डारी आयल निगमलाई समयसापेक्ष प्रविधिमैत्री बनाउनुपर्ने बताए ।

मन्त्री भण्डारीको निर्देशनमा आयल निगमले साझा सहकारीलाई गरेको आग्रह बमोजिम पेट्रोलियम पदार्थ वितरण चौबीसै घण्टा गर्ने सुरुवात गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । उनका अनुसार मन्त्रीको निर्देशन बमोजिम क्रमशः साझा तथा अन्य पेट्रोल पम्पबाट पनि सेवालाई चौबीसै घण्टा गरिने छ ।

यस अघि नेपाल प्रहरीले समेत २४ सै घण्टा पेट्रोल पम्प सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।


क्लिकमान्डु