बर्दघाटमा ट्रमा सेन्टर बन्ने, ठेक्का आह्वान



काठमाडौं । नवलपरासी पश्चिममा रहेको बर्दघाटमा ट्रमा सेन्टर बन्ने भएको छ ।

शहरी विकास मन्त्रालय अन्तर्गतको सघन सहरी तथा भवन निर्माण योजना, चितवनले मंगलबार परियोजनाको ठेक्का आह्वान गरेको छ । यो संगै ट्रमा सेन्टर निर्माण कार्य अगाडि बढ्ने भएको छ ।

ुमैले निर्वाचनका बेला पश्चिम नवलपरासीको बर्दघाटमा ट्रमा सेन्टर स्थापना गर्ने प्रण गरेको थिएँ । अब त्यसले सार्थकता पाउन लागेको छु सांसद विनोद चौधरीले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ुशहरी विकास मन्त्रालय अन्तर्गतको सघन सहरी तथा भवन निर्माण योजना, चितवनले हिजो सो परियोजनाको ठेक्का आह्वान गरेसंगै ट्रमा सेन्टर निर्माण कार्य द्रुत गतिमा अगाडी बढ्नेछ भन्ने मलाई विश्वास छ ।ु

चिसापानी अस्पतालमा ट्रमासहितको सुविधा सम्पन्न एकीकृत अस्पताल सञ्चालन हाम्रो मूल उद्देश्य रहेको उनको भनाइ छ । ट्रमा सेन्टरको स्थापना पश्चात सम्पूर्ण नवलपरासीवासी साथै पूर्वपश्चिम राजमार्गको नवलपरासी(बुटवल खण्डमा हुने सवारी दुर्घटना तथा स्थानीय तहमा हुने दुर्घटना लगायत सबै प्रकारका बिरामीहरुको उपचारमा सहजता मिल्ने विश्वास रहेको चौधरीले उल्लेख गरेका छन् ।


क्लिकमान्डु