दश वर्षमा ६ गुणाले बढ्यो विश्वका सबैभन्दा धनी फ्रेन्च अर्बपति बर्नार्डको सम्पत्ति, चौधरीको कति ?



काठमाडौं । फोर्ब्सका अनुसार नेपालको एकमात्रै डलर अर्बपति विनोद चौधरी सूचीको १ हजार ७६४ औं नम्बरमा छन् ।
उनको सम्पत्ति १.८ बिलियन अमेरिकी डलर छ । गत वर्षभन्दा उनको सम्पत्ति बढेको छैन, स्थीर छ ।

१० वर्षमा चौधरीको सम्पत्ति दोब्बर पनि हुन नसक्दा विश्वका सबैभन्दा धनी फ्रेन्च अर्बपति बर्नार्ड आर्नाेल्डको सम्पत्ति भने ६ गुनाभन्दा बढि बढेको छ । सन् २०१५ मा चौधरीको सम्पत्ति १.३ अर्ब अमेरिकी डलर थियो भने सन् २०२४ मा १.८ अर्ब अमेरिकी डलरमात्र पुगेको छ ।

तर, सन् २०१५ मा ३७ अर्ब अमेरिकी डलर सम्पत्ति भएका बर्नार्ड एक दशकमा २३३ अर्ब अमेरिकी डलरको सम्पत्तिसहित विश्वको सबैभन्दा धनी ब्यक्ति भएका छन् ।

विश्वप्रसिद्ध पत्रिका फोर्ब्सका अनुसार विश्वका सबैभन्दा धनी फ्रेन्च अर्बपति बर्नार्ड आर्नाेल्डको सम्पत्ति २२३ बिलियन अमेरिकी डलर रहेको छ । विश्वप्रसिद्ध विभिन्न फेसन तथा कस्मेटिक ब्रान्डका मालिक बर्नार्डले नेटफ्क्सि तथा टिकटकको माउ कम्पनी बाइट डान्समा पनि लगानी गरेका छन् ।

फोर्ब्सका अनुसार नेपालका एकमात्र डलर अर्बपति चौधरीको सबैभन्दा ठूलो सम्पत्ति नेपालको नबिल बैंक र लोकप्रिय वाइ वाइ चाउचाउको निर्माता सीजी फुड्सको हिस्सेदारी हो ।

वाइ वाइ भारत, सर्बिया र बंगलादेशमा पनि उत्पादन हुन्छ भने इजिप्टमा नयाँ वाइ वाइको नयाँ कारखाना निर्माण भइरहेको छ । यसले ससका उत्पादन सुरू गर्ने लक्ष्य राखेको छ ।

सीजीले आफनै स्वामित्वमा तथा व्यवस्थापनमा कूल १४३ होटलहरू पनि संचालन गर्दछ । जसमा भारतको ताज होटल चेनको साथमा विभिन्न लक्जरी होटलहरू पनि पर्दछन् ।

फोर्ब्सले उल्लेख गरे अनुसार नेपालमा रहेका उनका छोरा निर्वाण र विदेशमा बस्ने राहुल र वरुणले उनलाई समूह चलाउन मद्दत गर्छन् । निर्वाण र राहुल समूहका प्रबन्ध निर्देशक हुन् ।

फोर्ब्सका अनुसार विश्वका अर्बपतिहरु पहिलेभन्दा झन् धेरै धनी भएका छन् । कुल मूल्यमा १४२ खर्ब अमेरिकन डलर अर्थात् सन् २०२३ भन्दा २० खर्ब अमेरिकी डलर बढि कमाएर उनीहरुले किर्तिमान कायम गरेका हुन् ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष १४१ जना अर्बपति थपिएर विश्वमा २,७८१ डलर अर्बपतिहरू बनेका छन् ।

विश्वका डलर अर्बपतिको सूचीमा रहेका दुई तिहाइ सदस्यहरूको सम्पत्ति गत वर्षभन्दा बढ्दा एक चौथाइको घटेको छ । तर, चौधरीको सम्पत्ति गतवर्षको दाँजोमा स्थीर रहेको पनि फोब्र्सले उल्लेख गरेको छ ।

फोर्ब्सका अनुसार विश्वका अर्बपतिहरु पहिलेभन्दा झन् धेरै धनी भएका छन् । कुल मूल्यमा १४२ खर्ब अमेरिकन डलर अर्थात् सन् २०२३ भन्दा २० खर्ब अमेरिकी डलर बढि कमाएर उनीहरुले किर्तिमान कायम गरेका हुन् ।


क्लिकमान्डु