विश्वमा गत वर्षभन्दा १४१ अर्बपति बढे, कूल २ हजार ७ सय ८१ डलर अर्बपति



काठमाडौं । वितेको वर्ष अर्बपतिहरूका लागि उत्साहजनक वर्ष रहेको छ किनकि विश्वभर सेयर बजारले विभिन्न मुलुकमा भइरहेका युद्ध, राजनीतिक अशान्ति र लामो समयदेखि मुद्रास्फीतिलाई छायामा पारेको छ ।

विश्व प्रसिद्ध पत्रिका फोर्ब्सका अनुसार हाल विश्वमा २,७८१ डलर अर्बपतिहरू रहेका छन् । जुन गत वर्षको तुलनामा १४१ बढी र २०२१ कोभन्दा २६ जना बढी हुन् ।

फोर्ब्सका अनुसार विश्वका अर्बपतिहरु पहिलेभन्दा झन् धेरै धनी भएका छन् । कुल मूल्यमा १४२ खर्ब अमेरिकन डलर अर्थात् सन् २०२३ भन्दा २० खर्ब अमेरिकी डलर बढि कमाएर उनीहरुले किर्तिमान कायम गरेका छन् ।

डलर अर्बपतिहरुको कुल संख्यामध्ये ८१३ जना अमेरिकी छन्। चीनका ४७३ र भारतका २ सय जना छन्।

अर्बपतिको सूचीमा रहेका दुई तिहाइ सदस्यहरू एक वर्ष अघि भन्दा बढी धनी भएका छन् भने एक चौथाइको मात्र धन घटेको छ ।

फ्रेन्च अर्बपति बर्नार्डको २२३ बिलियन अमेरिकी डलर रहेको फोर्ब्समा उल्लेख छ।

यस्तै, टेस्ला तथा स्पेस एक्सका मालिक एलन मस्क सूचीको दोस्रो नम्बरमा छन् भने उनको सम्पत्ती १९५ बिलियन अमेरिकी डलर रहेको छ । फोर्ब्सका अनुसार तेस्रोमा जेफ बेजोस र चौथोमा मार्क जुकरबर्ग छन् ।

यस्तै पाँचौमा ओरेकलका संस्थापक ल्यारी इलिसन छन् । उनको कूल सम्पत्ति १ खर्ब ४१ अर्ब छ अमेरिकी डलर छ ।

वित्त तथा लगानी क्षेत्रका टाइकुन वारेन बफेट आफनाृे १ खर्ब ३३ अर्ब डलर सम्पत्तिका साथ छैठौं स्थानमा छन् भने माइक्रोसफ्टका संस्थापक बिल गेट्सको कूल १ खर्ब २८ अर्ब डलर सम्पत्तिका साथ सातौ. स्थानमा छन् ।

माइक्रोसफ्टका पूर्व सिइओ स्टिभ बाल्मर कूल सम्पत्ति १ खर्ब २१ अर्ब डलरका साथ आठौं तथा भारतका रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी १ खर्ब १६ अर्ब डलरका साथ नवौं स्थानमा छन् । अम्बानी एकमात्र टपटेन अर्बपति भित्र पर्न सफल भारतीय उद्यमी हुन् । उनी एसियाका सबैभन्दा धनी व्यक्ति पनि हुन् ।

गुगलका संस्थापक ल्यारी पेजको कूल सम्पत्ति १ खर्ब १४ अर्ब डलरका साथ विश्वका दसौ अर्बपति हुन् ।

नेपालको एकमात्रै डलर अर्बपति विनोद चौधरी सूचीको १ हजार ७६४ औं नम्बरमा छन्। उनको सम्पत्ति १.८ बिलियन डलर रहेको उल्लेख छ।


क्लिकमान्डु