चिनियाँ कम्पनीले अघि बढायो २७० मेगावाटको भेरी-१, कहिलेबाट निर्माण सुरु हुन्छ ?



काठमाडौं । चिनियाँ कम्पनी गेजुवा ग्रुप वाटर पावर इन्भेष्टमेन्ट नेपाल प्रालिले भेरी-१ जलविद्युत् आयोजनाको निर्माणको प्रक्रिया अघि बढाउने भएको छ ।

जाजरकोट र रुकुम पश्चिम भएर बग्ने भेरी नदीमा २७० मेगावाट जडित क्षमता भएको जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो  । कम्पनीले विद्युत विकास विभाग समक्ष विद्युत्  उत्पादन अनुमतिपत्र (जेनेरेस लाइसेन्स) माग गर्दै आवेदन दिएको छ ।

कम्पनीले अहिले आयोजनाको अध्ययन गरिरहेको छ । कम्पनी सार्वजनिक सूचना निकालेर आयोजना निर्माण हुने क्षेत्रको प्राकृतिक, भौतिक , जैविक, सामाजिक , साँस्कृतिक  र आर्थिक प्रणालीमा के कस्तो असर पर्दछ भनि सुझाव मागेको छ । ७ दिनभित्र स्थानीत तह, अस्पताल, स्वास्थ्य चौकी, सरोकारवाला व्यक्ति, वा संस्थाको लिखित राय  सुझाव पेस गर्न आग्रह गरेको छ  ।

आयोजना निर्माण हुँदा जाजरकोटको नलगाँड नगरपालिका-१२, १३ तथा रुकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिका-४,५ र ६ प्रभावित हुनेछन ।

यो आयोजना पिकिङ रन अफ दि रिभर (अर्ध-जलाशय) प्रकृतिको हुनेछ । यस आयोजनाको डिजाईन डिस्चार्ज ११३.६४ घनमिटर प्रतिसेकेण्ड हुनेछ । यो आयोजनाको नेपाल रुलर एण्ड एडभान्समेन्ट नेपाल प्रालिले परामर्शदाताको रुपमा काम गरिरहेको छ । जेनेरेस लाइसेन्स पाएपछि निर्माणको बाँकी काम अघि बढाउने तयारीमा कम्पनी छ ।

गेजुवा त्यहि कम्पनी हो, जसले १२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना पाएको थियो । तर सरकारले आन्तरिक स्रोतबाट निर्माण गर्ने भन्दै खोस्यो । अहिले कम्पनी दर्ता गरेर सरकारले निर्माणको प्रक्रिया अघि बढाएको छ ।

नेपाल सरकारको नेतृत्वमा फेरबदल आएसँगै चिनियाँहरुको चहल पहल बढेको छ । उनीहरुले आफू संलग्न आयोजनाहरुलाई प्राथमिकतामा राखेर काम सुरु गरेका छन् । थप आयोजनाहरुमा सहकार्यका लागि राजनीतिक नेतृत्व मनाउन लागेका छन् ।


क्लिकमान्डु