मकै सम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदै



काठमाडौं । काठमाडौंमा बुधबारदेखि दुई दिने अन्तर्राष्ट्रिय मकै सम्मेलन हुने भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग बाणिज्य महासंघको कृषि उद्यम केन्द्र, कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद तथा सिमिटको सहकार्यमा होटेल याक एण्ड यतिमा यो सम्मेलन हुन लागेको छ ।

सम्मेलनमा नेपाल, भारत र वंगलादेशका १४० जना मकै बैज्ञानिकहरुले सहभागिता जनाउदैछन् । सम्मेलनमा मुख्यगरी मकैको उत्पादनको अवस्था, व्यवसायिकरणमा समस्या, मूल्य श्रृंखला, अन्तर्राष्ट्रिय मूल्य श्रृंखला, नीतिगत अवस्थालगायका बिषयमा बैज्ञानिकहरुले गहन छलफल गर्नेछन् ।

सम्मेलनको उदघाट्न कृषि मन्त्री ज्वालाकुमारी साहले गर्ने तय भएको छ ।


क्लिकमान्डु