सम्पर्कबिहीन भएका ३१० वटा सहकारी खोज्दै मधेश प्रदेश, सिरहाका १२१ संस्था गायब



काठमाडौं । मधेश प्रदेशका चार जिल्लाका ३१० वटा सहकारी सम्पर्कबिहीन भएका छन् ।

मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशमा रहेका ८ जिल्लामा ४ वटा मात्रै जिल्लाका ३१० सहकारी संस्था सम्पर्कविहीन भएका छन् । सबैभन्दा बढी सिरहा जिल्लाका १२१, सप्तरीका ९४, धनुषाका ५६ र महोत्तरीका ३९ वटा संस्था रहेका छन् । यी संस्थाहरुलाई ३५ दिनभित्र सम्पर्कमा आउन भनिएको छ ।

सम्पर्कमा नआएको खण्डमा प्रदेश सहकारी ऐन २०७९ तथा नियमावली २०८० बमोजिम कारबाही गर्ने मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारको हालसम्म सरकारको सम्पर्कमा नआएको, कोपोमिस प्रणालीमा आवद्ध नभएको र आवद्ध भएकाहरुले पनि प्रतिवेदन पेश नगरेको तथा पटक पटक ताकेता गर्दा समेत सम्पर्कमा नआएको भन्दै ३५ दिने सूचना जारी गरेको जनाएको छ ।
केही संस्थाको दर्ता प्रमाणपत्र समेत नभेटिएको जनाइएको छ ।


क्लिकमान्डु