सुनको मूल्यमा नयाँ रेकर्ड, १६ सयले बढ्यो



काठमाडौं । सोमबार सुनको मूल्यले नयाँ इतिहास कायम गरेको छ । गत शुक्रबार हालसम्मकै उच्च मूल्य कायम भई छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो ।

उक्त मूल्यको रेकर्डलाई ब्रेक गर्दै सोमबार १६ सय रुपैयाँले बढेर १ लाख ३१ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै सोमबार तेजावी सुनको मूल्य १ लाख ३० हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । साथै सोमबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १५ सय ३५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु