रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सिंहदरबारमा प्रदर्शन, १४ जना पक्राउ



काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । सोमबार बिहान सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुसी सेनामा कार्यरत नागरिकको जीवन रक्षाको लागि माग गर्दै प्रदर्शनमा उत्रिएका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रुसी सेनामा कार्यरत रहँदा सम्पर्कविहीन भएकाहरुको खोजी, मृत्यु भएकाहरुको शव फिर्ता र अलपत्र परेकाहरुको उद्धारको उनीहरुले माग गरेका थिए ।

रुसी सेनामा ज्यान गुमाउने नेपालीको संख्या १६ पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रूसी सेनामा रहेका नेपाली युवाका आफन्तजनले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवनरक्षाका लागि सचेतना अभियानले रूसी सेनामा ५३१ नेपाली युवा रहेको विवरण सार्वजनिक गरेको थियो । अभियानका अनुसार ११६ जना नेपाली घाइते छन् ।


क्लिकमान्डु