सिबिफिनका अध्यक्ष उपेन्द्र पौडेललाई मातृशोक



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष उपेन्द्र पौड्यालकी आमा सोभना पौड्यालको निधन भएको छ ।

बै‌कर्स संघ, नेपाल व्यवस्थापन संघ (म्यान) का पूर्वअध्यक्ष समेत रहेका नबिल बैंकका अध्यक्ष पौड्यालकी आमाको उपचारका क्रममा आइतबार मध्यान्न करिब १२ बजे निधन भएको हो ।

सोभना पौड्यालको छातीमा समस्या देखिएपछि २ सातादेखि काठमाडौंको चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचारत भइरहेको नबिल बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदीले बताए । पौड्यालको ८१ वर्षको उमेरमा आज निधन भएको हो ।


क्लिकमान्डु