जुगल हिम शृङ्खलाअन्तर्गत दुई नयाँ हिमालमा पहिलो आरोहणको तयारी



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोहणका लागि अन्तिम तयारी भइरहेको छ ।

जुगल गाउँपालिकाको शिरमा रहेका जुगल-१ र जुगल-२ को १० पर्यटकले पहिलोपटक आरोहण गर्ने भएको गाउँपालिका कार्यालयले जनाएको छ।

आरोहण टोलीमा सात कोरियन र तीन नेपाली रहनेछन् । नेपाल र गणतन्त्र कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा यही चैत २३ देखि २०८१ बैशाख १५ गतेसम्म नेपाली र कोरियन पर्वतारोहीले गर्ने आरोहणको तयारी पूरा भएको पालिका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिए ।

विसं २०७५ मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका पोलेटब्यूरो सदस्य एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधिसभा क्षेत्र नं १ का सांसद माधव सापकोटा, प्रदेशसभा सदस्य सरल सहयात्रीलगायतको पहलकदमीमा पहिलोपटक जुगल हिमालको आरोहण सुरुवात गरिएको थियो ।

त्यतिबेला पर्वतारोही माया गुरुङ, मिलन तामाङलगायत टोलीले सफलतापूर्वक हिमाल आरोहण गरेका थिए ।


क्लिकमान्डु