काठमाडौंको छाउनीमा घरको बाथरुममा डाक्टर मृत भेटिइन्



काठमाडौं । काठमाडौंको छाउनीमा डाक्टर प्रतिभा धौभडेल मृत अवस्थामा फेला परेकी छन् ।

छाउनीस्थित घरको शौचालयमा बिहीबार बिहान करिब ९ बजे धौभडेल झुण्डिएको अवस्थामा फेला पारेकी हुन् । ३४ वर्षीया धौभडेल सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

धौभडेल उक्त घरमा श्रीमान डा कविराज भण्डारीसँग बस्दै आएकी थिइन् । श्रीमतीलाई झुण्डिएको देखेपछि श्रीमान भण्डारीले उनलाई छाउनी अस्पताल पुर्‍याएका थिए । अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

उनी जिल्ला अस्पताल धादिङमा कार्यरत थिइन् ।

धौभडेलले लामो समयदेखि डिप्रेशनको औषधि खाइरहेकी बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


क्लिकमान्डु