कर्णालीको पुलबाट हाम फालेका युवाको शव फेला



कैलाली । फागुपूर्णिमाको दिन कर्णाली पुलबाट हाम फालेका युवकको शव फेला परेको छ ।

पौडी खेल्न नदीमा हामफालेपछि बेपत्ता भएका युवकको शव आज भेटिएको छ ।

लम्कीचुहा नगरपालिका-३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाहीको शव टीकापुर स्थित सनकट्टी घाटमा भेटिएको प्रहरीले जनाएको छ ।

होलीको दिन रमाइलो गर्ने क्रममा कर्णाली पुलबाट हाम फालेका १७ युवा खोलाबाट बाहिर निस्किए पनि उनी वेपत्ता भएका थिए।


क्लिकमान्डु