प्रधानमन्त्री प्रचण्डलाई देउवाले बारम्बार किन भेटिरहेका छन् ?



फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटवार्तामा संवैधानिक परिषद्को बैठकका विषयमा कुराकानी भएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले यही चैत १८ गतेका लागि संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको छ ।

यसअघि प्रधानमन्त्रीलाई भेट्न देउवा मंगलबार राति पौने १० बजे बालुवाटार पुगेका थिए ।

कांग्रेससँगको गठबन्धन छाडेर प्रधानमन्त्री प्रचण्डले एमाले लगायतका दलहरुसँग गठबन्धन गरेका थिए ।


क्लिकमान्डु