भारतीय अस्पतालमा आरजुको अप्रेसन, स्वास्थ्य सुधारोन्मुख



काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाको भारतको नयाँदिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा शल्यक्रिया गरिएको छ ।

बुधबार आरजुको हाइपर प्याराथाइराइडिज्मको शल्यक्रिया गरिएको उनका स्वकीय सचिव कमल रावलले जानकारी दिए ।

गत चैत २ गते आरजु नयाँदिल्ली गएकी थिइन् । दुई वर्षदेखि उनले नयाँ दिल्लीका अस्पतालमा फलोअप गरिरहेकी थिइन्।

आरजुको स्वास्थ्य सुधारोन्मुख रहेको र केही समय अस्पतालमै रहने उनको सचिवालयले जनाएको छ ।


क्लिकमान्डु