बागमती सम्भता एकीकृत विकास समितिको अध्यक्षको सर्ट लिस्ट तयार, कसले मार्ला बाजी ?



काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्ष नियुक्तिको लागि शहरी विकास मन्त्रालयले ३ जनाको सर्ट लिष्ट तयार पारेको छ ।

सर्ट लिष्टमा परेका जुम्लाका डा.कलबहादुर रोकाय, सिन्धुपाल्चोकका डा. गंगादत्त नेपाल र गोरखाका सूर्यबहादुर भाटमध्ये एक जनालाई सरकारले विकास समितिको अध्यक्ष नियुक्ति गर्ने छ ।

तीनै जनाको नाम मन्त्रालयले सरकारलाई सिफारिस गरेको छ । मन्त्रालयले सार्वजनिक निकायका पदाधिकारीहरुको नियुक्ति तथा मनोनयन सम्बन्धि निर्देशिका २०७६ को दफा १३ बमोजिम गरेको सिफारिश अनुसार अब सरकारले एक जनालाई विकास समितिको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने छ ।


क्लिकमान्डु