सहकारीमा रवि लामिछानेको संलग्नताको तथ्य, प्रमाण भेटिएन: आईजीपी कुँवर



काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले सहकारी ठगीमा रवि लामिछानेको संलग्नताको विषयमा प्रश्न गरेका थिए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले सूर्यदर्शन लगायतका केही सहकारीको रकम ग्यालेक्सी टीभीमा गएको र त्यसमा रवि लामिछाने नामको व्यक्ति जोडिएको भन्दै उनी अहिलेका गृहमन्त्री नै हो भन्दै प्रश्न गरेका थिए ।

त्यसको जवाफ दिने क्रममा आईजीपी कुँवरले लामिछानेविरुद्ध ठाडो उजुरी परेको र त्यसबारे अनुसन्धान गर्दा प्रमाण नभेटिएको बताए ।
‘ठाडो उजुरीको रुपमा जो इस्यु आयो, दर्ता भएको छ । तर अनुसन्धान गर्दा तथ्य प्रमाण भेटिएन । कानुनको दायरामा पनि पर्ने अवस्था आएन’ उनले भने,’ अहिले सांकेतिक रुपमा रवि लामिछाने भन्ने भएको छ । त्यो विषयमा अहिलेसम्मको तथ्य प्रमाणका आधारमा कुनै पनि आधार देखिँदैन ।’


क्लिकमान्डु