रास्वपा जस्तो विचार र अडान भएको पार्टी नेपालमा अर्को छैन: स्वर्णिम वाग्ले



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले रास्वपा जस्तो स्पष्ट अडान भएको पार्टी नेपालमा अर्को नभएको दाबी गरेका छन् ।

बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा काठमाडौंमा आयोजित कर्णाली विशेष अभियान कार्यक्रममा उनले जलेश्वर बैठकको प्रस्ताव तयार भएपछि रास्वपाको कित्ताकाट बारे कुनै दुबिधा नरहेको बताए ।

‘जलेश्वर बैठकअगाडि हामीमाथि आलोचना हुने गर्दथ्यो । विचार नभएको, दर्शन नभएको र पिपलपाते पार्टी भन्ने गरिन्थ्यो । यता जनमत आयो भने यतातिर ढल्कने, होइन भने उतै ढल्कने भनिएको थियो । जलेश्वर बैठकको प्रस्ताव तयार गरिसकेपछि कसैले अब रास्वपाको कित्ता कता हो भनेर कुनै दुबिधा रहने छैन । हामीभन्दा स्पष्ट अडान भएको पार्टी अर्को अहिले नेपालमा छैन जस्तो लाग्छ’ उनले भने ।

उनले नेतृत्व र संगठनको बारेमा कसैले चुनौती दिन नसक्ने आधार तयार भएको भन्दै त्यसको जगमा टेकेर अगाडि बढ्नुपर्ने बताए ।


क्लिकमान्डु