बिवाईडीले निकाल्यो आफ्नो ७० लाखौं विद्युतीय गाडी



एजेन्सी । चिनियाँ गाडी निर्माता कम्पनी बिवाईडी ७० लाखवटा विद्युतीय गाडी निकाल्ने पहिलो कम्पनी बनेको छ ।

मार्च २५ मा कम्पनीले चीनको जिनानस्थित आफ्नो उद्योगमा नयाँ डेन्चा एन सभेन गाडी निर्माण सकेसँगै ७० लाखौं विद्युतीय गाडी निकाल्ने विश्वकै पहिलो कम्पनी बनेको हो ।

बिवाइडीले सन् २०२१ को मेसम्ममा १० लाख गाडीहरु उत्पादन गरिसकेको थियो । आगामी १८ महिनामा यसको तीन गुणा र त्यसपछिको ९ महिनामा थप ५ लाख गाडीहरु उत्पादन गर्दै बिवाईडी ७० लाख नयाँ उर्जा केन्द्रित विद्यूतीय गाडी उत्पादन गर्ने पहिलो कम्पनी बनेको हो ।

यसका साथै बिवाइडीले सन् २०२३ मा मात्रै ३० लाख २ हजार गाडीहरु पनि बिक्री गरेको छ, जसले यो कम्पनी विद्युतीय गाडीको बिक्रीको कदममा विश्वकै शीर्ष कम्पनीका रुपमा उदाएको छ । विभिन्न किसिमका ब्राण्ड र पोर्टफोलियोका साथै विभिन्न मूल्यका विद्युतीय गाडीहरु भएका कारण पनि बिवाईडी पछिल्लो समय विश्वभरमा नै चर्चित हुँदै गएको छ ।

सन् १९९५ मा रिचार्जऐवल व्याट्री उत्पादक कम्पनीका रुपमा सुरु भएको बिवाईडी अहिले चीनका विभिन्न औद्योगिक क्षेत्रका साथै, अमेरिका, क्यानडा, जापान, ब्राजिल, हंगेरी र भारतलगायतका देशहरुमा उत्पादन हुने गरेको छ भने यसका विद्युतीय तथा नविन उर्जाबाट चल्ने गाडीहरु विश्वभरका ६ महाद्विप, ७० देश र ४ सय शहरहरुमा पुगिसकेका छन् ।


क्लिकमान्डु