सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ४ सय रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख २६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २६ हजार २ सय रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १४ सय ९० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु