शाओमीको पहिलो विद्युतीय गाडी एसयुभि सेभेन सार्वजनिक गर्दै
काठमाडौं । मुख्य गरि मोबाइलमा चर्चित रहेको चिनियाँ प्रविधि कम्पनी शाओमीले २८ मार्चमा आफ्नो पहिलो विद्युतीय गाडी सार्वजनिक गर्ने भएको छ ।
उक्त कम्पनीले २८ मार्चमा आफ्नो पहिलो विद्युतीय गाडी एसयुसेभेन सार्वजनिक गर्न लागेको हो । उक्त गाडी हाल भने चीनमा मात्रै सार्वजनिक हुने कम्पनीले जनाएको छ ।
कम्पनीका सीईओ लेई जुनले सामाजिक सञ्जाल एक्समा पहिलो विद्युतीय गाडी सार्वजनिक हुने बारे जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘तीन वर्ष पहिले मैले शाओमी विद्युतीय गाडीको बजारमा प्रवेश गर्ने घोषणा गरेको थिएँ । म उक्त भिजनमा आफ्नो प्रतिष्ठालाई बाजी लगाएर काम गरिरहेको छु र यसमाथि मलाई निकै विश्वास पनि छ ।’
लेईले पछिल्ला तीन वर्षमा विद्युतीय गाडी निर्माणका क्रममा थुप्रै चुनौतीहरु भोग्नु परेको पनि जानकारी दिएका छन् । सँगै उनले विद्यूतीय गाडीको क्षेत्रमा यो निकै महत्वपूर्ण कदम पनि रहेको बताएका छन् ।
२८ मार्चमा सार्वजनिक हुने गाडीलाई शाओमीले प्रत्यक्ष प्रसारणमार्फत विश्वभरका लागि प्रस्तुत गर्ने पनि उनले बताएका छन् ।