काठमाडौं महानगरले राखेका ९ सूचना बोर्ड चोरी



काठमाडौं । काठमाडौं महानगरपालिकाको कलंकीदेखि बसुन्धरासम्म राखिएका ९ सूचना बोर्डहरु चोरी भएको छ ।

कलंकीदेखि चक्रपथ सुधार आयोजना समयमै सम्पन्न नभएका कारण महानगरवासीलाई पर्न गएको असुविधा समेतलाई सम्बोधन गर्न राखिएका सूचना बोर्डहरु चोरी भएको महानगरले जनाएको छ ।

महानगरपालिकाकाअनुसार कलंकीदेखि बसुन्धारासम्मका नौ स्थानमा काठमाडौं महानगरपालिकाले उक्त सूचना बोर्डहरु राखेको थियो ।

महानगरले सूचना बोर्डमा आयोजनाः चक्रपथ सुधार आयोजनाको दोस्रो फेज (कलंकी महाराजगञ्ज) चक्रपथ सुधार आयोजना निर्माणमा जिम्मेवार नेपाल सरकार र सांघाइ कन्स्ट्रक्सन कम्पनी समेत उल्लेखित रहेको जनाएको थियो ।

ती सूचना बोर्डहरु हाल उक्त स्थानहरुमा नरहेकोले चोरी भएको सम्बन्धमा आवश्यक छानबिन तथा अनुसन्धान गरि दोषीलाई कारबाही गर्न महानगरपालिकाले जिल्ला प्रहरी परिसर टेकुलाई पत्र पनि लेखेको छ । महानगरका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले हस्ताक्षरमा प्रहरीलाई महानगरपालिकाले पत्र लेखेको हो ।


क्लिकमान्डु