एलिना चौहानले वैशाखमा बिहे गर्दै, को हुन् बेहुला ?



काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाधिँदै छिन् । उनी आगामी वैशाखमा बिहे गर्ने तयारीमा रहेकी हुन् । तर बिहेको मिति भने तय भइ सकेको छैन ।

उनले प्रेमी विष्णु सापकोटासँग विहे गर्न लागेको बताइएको छ । गत माघमा एलिना र विष्णुको ब्रेकअपको खबर बाहिरिएको थियो । तर सापकोटासँग चौहानको ब्रेकअप नभएको र उनीहरुले बिबाह गर्न लागेको पारिवारिक स्रोतको भनाइ छ ।

एलिना केही एक कार्यक्रमका लागि चितवन जाँदै छिन् । त्यहाँबाट फर्किएपछि विवाहको मिति तय हुने जनाइएको छ ।

झापाकी एलिनाले प्रेमी सापकोटासँग लगनगाँठो कस्न लागेकी हुन् । सापकोटा वाग्लुङका हुन् । पछिल्लो समय ‘धोकेबाज हौ तिमी’गीतबाट चौहान चर्चामा आएकी थिइन् ।


क्लिकमान्डु