मिटरब्याजसम्बन्धी जाँचबुझ गर्न अर्को आयोग गठन



काठमाडौं । मिटरब्याजसम्बन्धी जाँचबुझ सरकारले अर्को आयोग गठन गरेको छ ।

सरकारले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको संयोजकत्वमा नेतृत्वमा ‘मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन’ गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको हो । आयोगको सदस्यमा पूर्व एआईजी पुस्कर कार्की र सञ्जिव मिश्र रहेका छन् । आयोगलाई तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न समय दिइएको छ ।

मिटरब्याजसम्बन्धी सरकारले बनाएको आयोग यो भने पहिलो होइन । यसअघि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग बनाएको थियो । उक्त आयोगले ५ हजारभन्दा बढी मिटरब्याजसम्बन्धी लेनदेन टुंग्याएको छ ।

पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले देशभर २७ हजार मिटरब्याजसम्बन्धी पीडित रहेको र उनीहरुको लेनदेन मिलाउने क्रममा रहेको यसअघि नै बनाएका छन् । सरकारले अहिले पुनः अर्को आयोग गठन गरेको छ ।


क्लिकमान्डु