पूर्वसभामुख कृष्णबहादुर महरालाई छोरा निर्मलको जिम्मा लगाएर छोडियो



काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा छुटेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न अनुमति दिएपछि छोरा निर्मल महराको जिम्मा लगाएर पठाइएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

बुधबारदेखि सुरु भएको बयान लिने कार्य बिहीबार सकिएको थियो । महराको स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाई हाजिरी जमानिमा छोडिएको हो ।

चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ परेका उनीमाथि चार दिनको म्याद लिएर सिआइबीले अनुसन्धान गरेको थियो ।

गत साउन २ गते ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट ९भेप० मा ल्याइएको नौ किलो सुन तस्करीमा सङ्लग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएकाले अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

अघिल्लो पटक सिआइबीले उनीमाथि बयान कागज गराएर छाडेको थियो । सोही प्रकरणमा महराका छोरा राहुल हाल पुर्पक्षका लागि थुनामा छन् ।


क्लिकमान्डु