राष्ट्रिय योजना आयोगमा ४ सदस्य नियुक्त, रास्वपाका अरनिको पाण्डे पनि परे



काठमाडौं । राष्ट्रिय योजना आयोगमा ४ जना सदस्य नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आयोगको सदस्यमा काठमाडौंकी संगीता सिंह, जुम्लाका कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी र ललितपुरका अरनिकोकुमार पाँडेलाई नियुक्ति गर्ने निर्णय भएको छ । पाँडे रास्वपाका नेता हुन् ।

एमालेको कोटाबाट सिंह, महत र अधिकारी रहेका छन् ।


क्लिकमान्डु