गृहमन्त्री रवि लामिछानेको निर्देशनमा ठमेल र दरबारमार्ग २४सैं घण्टा खुलाउने तयारी



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौंको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४सैं घण्टा खुलाउने तयारी भएको छ ।

सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी काठमाडौं जिल्ला प्रशासन कार्यालयले गर्ने भएको छ ।

जिल्ला सुरक्षा समितिले समेत सोही अनुसारको योजना बनाउने जनाएको छ । ‘आन्तरिक तयारी सुरु भइसक्यो । ढिलोमा नयाँ वर्ष (बैशाख १) भित्रै खुला हुन्छ’, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ । बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौ ।’

ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४सैँ घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना रहेको बताइएको छ । सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ ।


क्लिकमान्डु