सेयर बजारमा सामान्य गिरावट, दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक ३.३४ अंकले घटेर परिसूचक २०६३.९५ बिन्दु कायम भएको छ ।

३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँको सेयर किनेबा भएको छ । कारोबारमा ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ कम्पनीको घटेको छ ।

यो दिन लघुवित्त र ट्रेडिङ समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ । कारोबारमा बैंकिङ १.९६, विकास बैंक १४.३४, वित्त १०.४५, होटल ३०.७०, जलविद्युत ८.९०, जीवन बिमा ५३.२०, उत्पादन तथा प्रशोधन ९९.४०, अन्य समूहको उपसूचक ११.७८ अंकले घटेको छ ।

कारोबारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गोर्खाज फाइनान्स र बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा सर्वोंत्तम सिमेन्ट, गुँरास लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् ।
कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको १९ करोड ५२ लाख ९७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिवम सिमेन्ट र गोर्खाज फाइनान्स रहेको छ ।


क्लिकमान्डु