प्रिबजेट छलफलमा बिना लामाले संसदमा अर्थमन्त्री खोजेपछि…



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले प्रतिनिधि सभामा प्रिबजेट छलफलमा अर्थमन्त्री उपस्थित नभएको भन्दै आपत्ति जनाएकी छन्।

बुधवार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलको क्रममा आफू बोल्ने बेलामा बाहिर गएको भन्दै अर्थमन्त्री पुनप्रति उनले आपत्ति जनाएकी हुन् ।

सांसद लामाले अर्थमन्त्री पुनले राप्रपामाथि विभेदकारी नीति राखेर बाहिर गएको आरोप समेत लगाइन् । यता सभाध्यक्षको आसनबाट उपसभामुख इन्दिरा रानाले उनी आफ्नो प्रतिनिधि राखेर खाना खान बाहिर गएको जानकारी दिँदै बोल्न आग्रह गरिन्।

तर सांसद लामाले अर्थमन्त्री नहुँदा कसलाई सुनाउने भन्दै नबोल्ने अड्डी लिइन् । यसैबीच अर्थमन्त्री पुन बैठकमा पुनः आइपुगे । सांसद लामाले बैठकमा अर्थमन्त्री पुन आएकोमा धन्यवाद व्यक्त गर्दै राप्रपा बोल्न आउँदा भागेको हो कि भन्ने आफूलाई लागेको बताइन् । त्यसपछि उनले पर्यटन, कृषिजस्ता क्षेत्रमा लगानी बढाएर मुलुकलाई रोजगारीको अवसर सृजना हुनेगरी बजेट ल्याउन आग्रह गरिन् ।

सांसद लामाले गरिव महिला उद्यमीहरुका लागि उचित तालिमसहितको बजेटको व्यवस्था गर्न पनि सरकारसँग माग गरिन् ।


क्लिकमान्डु