सुनका गहना लगाउँदै नेविसंघको प्रदर्शन: रवि र वर्षमानको राजीनामा माग (तस्बिरहरु)



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ ।

काठमाडौंको प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पसबाट निकालिएको जुलुसमा उनीहरूले गृहमन्त्री सहकारी ठगी र अर्थमन्त्री सुन तस्करीमा संलग्न रहेको भन्दै राजीनामा र छानबिनको माग गर्दै प्रदर्शन गरेको हो ।

उनीहरू सुनको प्रतिमा बनाएर र नक्कली सुनको गहना लगाएर सडकमा उत्रिएका थिए ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


क्लिकमान्डु