अरुण भ्याली हाइड्रोको हकप्रद सेयरमा आवेदन दिन आज अन्तिम दिन, ९३ करोड बैंकको ऋण तिर्न खर्चने



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले निष्कासन गरेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको हकप्रद सेयर निष्कासन गरेको हो । उक्त सेयरमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिइने छ ।

सेयरमा माघ १४ गतेसम्म कायम रहेका लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीले माघ १५ गते बुक क्लोज गरेको छ ।

यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलले रहेको छ । हकप्रद सेयरमा सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन सकिनेछ । यस्तै मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ ।

हकप्रद सेयरबाट आउने रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाट क्षमताको लिखु खोला जलविद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने स्वपुँजीको लागि पीके हाइड्रोपावरको संस्थापक सेयरमा लगानी गरिने छ ।

यस्तै ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ काबेली–१ क्यास्केड जलविद्युत आयोजनामा बैंकबाट लिएको ऋण भुक्तानी गरिने जनाएको छ ।


क्लिकमान्डु