सरकारी सेवामा टाइमकार्ड लागू हुने, नागरिकले दोहोर्‍याएर कागजात बुझाउन नपर्ने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी सेवाहरु तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागू गर्ने बताएका छन् ।

मंगलबार गठबन्धन सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक गर्न आयोजित कार्यक्रममा दाहालले सरकारी सेवालाई प्रभावकारी बनाउने बताए ।

सरकारले फरक फरक कार्यालयमा नागरिकता लगायतका कागजात पटक पटक बुझाउन पर्ने झन्झटलाई हटाउन नागरिक एपलाई सुदृढ गर्ने भएको छ । नागरिक एपमार्फत नै सबै प्रकारको सेवा उपलब्ध गराउने घोषणा सरकारले गरेको छ ।

सरकारले २०७७ बाटै ल्याएको नागरिक एप तीनवर्ष पुग्दासमेत जम्मा ३० निकायबाट ६२ प्रकारका सेवा हेर्न तथा समितिको मात्रै उपयोग गर्न मिल्छ ।

सरकारले एक सयवटा सरकारी निकायको प्रभावकारी सेवा ६ महिनाभित्रै दिने गरेर ल्याएको यो नागरिक एप नयाँ सरकार परिवर्तनसँगै निस्प्रभावी हुँदै आएको थियो । तर, सरकारले बजेटमा नै प्रभावकारी कार्यान्वयन उल्लेख गरेको भए पनि व्यवहारिक रुपमा भने नागरिकले सहज महशुस गर्ने सेवा पाएका छैनन् । अब भने सरकारले नागरिक एपलाई सहज सेवाको माध्यम बनाउने घोषणा गरेको छ ।


क्लिकमान्डु