राष्ट्रिय पूर्वाधार विकास योजना कार्यान्वयन गर्न सेज र औद्योगिक विकास तथा व्यवस्थापनलाई मर्ज गर्ने



काठमाडौं । सत्ता गठबन्धनले ‘राष्ट्रिय पूर्वाधार विकास योजना’ कार्यान्वयनमा ल्याउने भएको छ ।

त्यसका लागि विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) र औद्योगिक विकास तथा व्यवस्थापन लिमिटेडलाई गाभी ‘औद्योगिक पूर्वाधार विकास प्राधिकरण’ बनाउने कार्य योजना बताएको छ ।

पाँच राजनीतिक दलले न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पमा उक्त व्यवस्था गरेको छ ।

राष्ट्रिय पूर्वाधारमा अन्तर–निकाय समन्वय सुनिश्चित गर्ने । यातायात र सडकलाई आर्थिक विकासका पूर्वाधार, आपूर्ति व्यवस्थाको मेरुदण्ड, नागरिकले पाउने सुविधा एवं समुदाय–समुदायबीचको अन्तरसम्बन्धको माध्यमका रूपमा विकास गर्ने योजना रहेको छ ।

पूर्वाधार विकासमा रहेको दोहोरोपन र भौगोलिक तथा प्रादेशिक असन्तुलन हटाउने, पूर्वाधार विकाससम्बन्धी आयोजनाहरू नीति, कार्यक्रम तथा बजेटमा पर्ने तर बर्षौसम्म कार्यान्वयन नहुने अवस्थाको अन्त्य गर्ने योजना रहेको छ ।


क्लिकमान्डु